मलाई अवगतै भएन ,
किन ,कसरी,कुन सोचाइले
मैले तिमीलाई बहिस्कार गरे ?
मलाई बोधै भएन
कतिबेला म भित्रको निर्दयी श्वासनी मान्छेले
तिमीलाई पराइ सम्झिदिएछ !
शायद ,
परिवर्तन हुनु जिन्दगीको रितै रहेछ क्यारे
त्यसैले त आजभोली ,
म आँफैलाई स्वयम परिबर्तित भएको आभास भैरहेछ ,
हिजोसम्मा
तिमीलाई निस्वार्थ प्रेम गर्ने श्वासनी मान्छे म
कुसुमाकार को हरियालिमा होस या
चाँदनी निशामा कुमुदहरु फक्रिदा
हिर्दयको हर स्पन्दन संगै तिम्रो नाम लीई
प्रतेक निमेस तिम्रै प्रतिक्षामा डुबिरहने श्वासनी मान्छे म
कहिले मन्दिर ,कहिले गुम्बा र कहिले चर्जमा गई
प्रतेक इश्वरका चरणमा पुष्प चढाइ
मेरा प्राथना र यि अन्जुलिमा
सिर्फ तिमीलाई माग्ने प्रेयसी म
तिम्रो निम्ती सजिने
तिम्रा प्रतेक बोलीलाइ , सोचाइलाई
सुखद भविस्याका लागि तय गरेका गोरेटोहरुलाई
तिम्रो प्रतेक चाहना र आकाङक्षालाई समर्थन गर्ने म ,
तिम्रो अंगालोमा बाँधिएर
सुन्दर स्वर्गको रचना गर्न चाहने
तिम्रो निस्वार्थी प्रेमिका म
आज ,
कुन्नी किन एकाएक तिम्रो उपहास गर्न पुगेछु
लाग्छ आजभोलि
म भित्र वास्तविक श्वासनी मान्छे हुर्किरहेछ ,
त्यसैले त म क्रमश बिसम्वादी भैरहेछु ,
तिम्रो स्वच्छ प्रेममा
अहंकारको बाण हानी ,
तिमीलाई घायल ,व्याकुल पारी ,
म भित्रको श्वासनीमान्छे
हिरामोतिले सजिएर महलमा बस्ने स्वप्न देख्दै
आजका स्वार्थीहरुसँग सम्झौताको हात मिलाइरहेछ
पत्तो नै भएन म भित्रको श्वासनिमान्छे
कहिलेदेखी कुठारा घात गर्ने पबिर्तिको भएछ !!
No comments:
Post a Comment