आमा ! आज , चिट्ठी लेखाइको सुरुवात्को औपचारिकता बिनानै हजुरलाई सार्वजनिक रुपमा बिदेशिएको पाँच बर्ष पछी पहिलो पत्र कोर्न गैरहेकी छु । आमा ! आफ्नो प्यारो घर आँगन र देशको याद त यहाँ आएदेखिनै आइरह्यो तर ती सारा सम्झनाहरुलाई सक्दो मनको दराजभित्र बन्द गरेर भोटे ताल्चा लगाएर राँखे किनकी म मैले बिदेशमा भोग्नु परेका दु:खहरु सुनाएर मेरा आफ्ना र कसैलाई पनि रुवाउन चहान्नथे तर आज हजुरको न्यानो , ममतामयी वात्सल्यामा टाउको राखेर धेरै रुन मन लागिरहेछ , यहाँ सम्मकी लामो समयसम्मा आमाको दुध पिउन नपाएको नाबालक जसरी निरन्तर डाँको छाडेर रुन मन लागिरहेछ । मन खोलेर भन्न मन लागिरहेछ , आमा ! बिन्ती यो बिदेसिएकी छोरीलाई हजुरको त्यो काखमा एक रात , एक निन्द्रा कल्पनामै भएपनी मलाई यो पाँच बर्ष सम्मा लाचार भै यो बिदेशमा सहनुपरेका सारा दु:ख , तिरस्कार र अपमानहरुलाई बिर्सिएर आत्मासम्मान र आत्मासन्तुस्टिका साथ निदाउनदेउ !आफ्नो देशमा र आफ्नको माझमा नहुँदा कति एक्लो र अपहेलित भैइदो रहेछ ?यी मेरा मनका सारा अनुभुतिहरुलाई आँसुको रुपमा यीमेरा विवस नायनबाट आज बगाउनदेउ !
आमा ! विदेस , यहाँ त मान्छेका मनहरु लाग्छ ढुङ्गा नै हो कहिले त लाग्छ चोट दिने र रेट्ने तरवारको धार नै हो ,त्यो हाम्रो पारिवारिक गरीबी र आर्थिक अभावको सीमाहरु मेट्न म निरन्तर यो धार द्वारा रेटिंरहेँ । दिनरात नभनी , भोग प्यास नभनी काम गरिरहे आजसम्मा तर यो कस्तो दुर्भाग्य त्यो हाम्रो घरको खरको छानो नयाँ फेर्ने मेरो प्राथमिक इच्छा आजसम्मा पनि इच्छानै बनेर रह्यो , गरिबीमा नै फुट्दोरहेछ क्यारे समस्याहरुको मुहान त्यसैले त एउटा आर्थिक समस्या हल नहुँदै अर्को समस्य मुल ढोकामै आएर उभिएको हुन्छ । बाल्यकालदेखी नै दुर्भाग्यको बिस्तरामा दु:खको तन्ना बिछ्याएर दैनिक अभाव र सम्स्याको सिरक ओढी आँसुरुपी सिरानीमा लाससरह पल्टिएको देहमा आशाहरु भरी श्वास प्रश्वास लाई निरन्तरता दीइरहे । धेरै सहास र हिम्मत जुटाएर जिन्दगीमा अगाडि बढीरहें । आमा ! सबै बिद्द्वानहरु भन्ने गर्छन् , माया , प्रेम , आफ्नोपन जस्ता अन्मोल भावहरुको सम्बन्ध केवल मनसँग हुन्छ भौतिक शरीरसँग होइन तर आज यी सुन्दर वाक्यको बिपरित गएर मलाई भन्न मन लागिरहेछ शरीरबिनको मनसँग एकोहोरो वार्ता गर्नुकै के अर्थ हुन्छर ? जबकी हामी त्यो देहबिनाको मनबाट कुनै प्रतिकृया र प्रतिउत्तर पाउन सक्दैनौ । यो बिदेशी भुमिमा आज म आँफैलाई अती एक्लो आभास गरिरहेछु । आमा ! सम्भव भैदियेको भये आज म हजुरको भौतिक शरीरलाई स्पर्स गर्न चाहन्छु । हजुरको अँगालोमा बाँधिएर मनका सारा पिडाहरु पोख्न चाहन्छु । तर मलाई थाह छ यो सम्भव छैन किनकी हामी एकर्कादेखी भौतिक रुप्मा धेरै टाढा छौ । यो बिदेशमा पटक पटक अपमानित भएर , आफ्नो आत्मासम्मानमा ठेस पुर्याएर , स्वाभिमानको बली चढायेर अब मलाई यहाँ बस्ने कत्ती मन छैन त्यसैले यहाँ आउनुपुर्व मैले देखेका सारा सपनाहरु र सारा योजनाहरुलाई एक कुनामा थन्क्याएरा घर फर्कने निर्णय गरें । आफ्नै देशमा परिस्रम् गरी स्वाभिमानी र सम्मानित जीवन जिउने निर्णय गरें । आमा ! मलाई अशिस दिनुहोस ता कि म मेरो पसिना र परिस्रमले सफलताको शिखर चुम्ना सकुँ । मेरै देशमा केही गरी सबैलाई देखाउन सकुँ !!
हजुरकी छोरी
सजना गुरुङ
No comments:
Post a Comment