Monday, November 26, 2012

अनैतिक सम्बन्ध ..!


कहिले लाग्छ तिम्रो र मेरो माया बराबर ,
 एकअर्कालाई पाउने चाहत बराबर....,
उस्तै हाँसो , उस्तै आफ्नोपन
बाहिरी संसारको आँगन मा
उही बिश्बास , उही मन
उही वाचा अनि उस्तै उस्तै छन् प्रयासहरु ...!
तर जसै तिम्रो वास्तविकता नियाल्न पुग्छु
तिम्रो घर आँगन मा पाइला टेक्न सम्म निषेध छ मलाइ ,
तिम्रो आफ्नो सामु मैले लुक्नु पर्ने ,
तिम्रो आफ्नो सामु मेरो अस्तित्व मेट्नु पर्ने,
नचाहेरै सोच्न बाध्य हुन पुग्छु
के हाम्रो सम्बन्ध पनि
अनैतिक सम्बन्ध नै हो र ?
आफ्नो निम्ति इज्जतको
एक मिटर पछ्यौरी ओढ्न खोज्ने मेरो मनलाइ ,
तिम्रो साथमै उभिएर
तिम्रो घर संग परिचित हुन मरिमेट्ने मेरो मनलाई ,
सयौ बहानामा झुलाएर
 अर्कै संसार मा राख्न खोज्दा
 नचाहेरै यो मन देखि एउटा प्रश्न जन्मन्छ ,
के यसैको संज्ञा अनैतिक सम्बन्ध हो र ?
 

No comments:

Post a Comment