Monday, December 31, 2012

प्रेरणाको बात बनी आयौ तिमी !

अँधेरीमा पुर्णिमाको रात बनी आयौ तिमी !
उत्साह भर्दै प्रेरणाको बात बनी आयौ तिमी !

झरीसके जस्तो लाग्थ्यो बैसारुपी फूल पनि
तनमनलाई ब्यूँझाउने मात बनी आयौ तिमी !


एक्लै हिड्दा अति गाह्रो लाग्दै थियो जीवन यात्रा
लड्न पुग्दा साथ दिने हात बनी आयौ तिमी !
...
बाँच्न खोज्दा काँडा टेकी संघर्षमय जिन्दगीमा
आँशु फूल्दा पिडा बाट्ने पात बनी आयौ तिमी !

जीतेजस्तो लाग्छ अचेल हारेको त्यो सबै बाजी
खुशीयाली दैनिकीको खात बनि आयौ तिमी !

No comments:

Post a Comment