Monday, December 31, 2012

बोल्ने भगवान !

                                " छोरी ! छोरी ! ! " आमाको सम्बोधनले बिहानी भएको बोध गरायो मलाइ !

                   " हे सुत्न दिनुस् न ; मिठो निन्द्रा बिथोलिदिनु हुन्छ सधै ! " सिरकले अनुहार छोप्दै जवाफ दिए !



                                         सिरक तान्दै बोल्नु भयो आमा , " आज तिम्रो जन्म दिन ! छिटो उठ नुवाइ धुवाई गरेर मन्दिर जानु पर्छ ! भगवानको असिष लिन आज ! "

                                  " सधै जस्तै यसपाली करै...ले मन्दिर जान्न म ! न त्यो मूर्तिले मैले दिएको लड्डु खान्छ ? न मैले चढाएको भेटी नै लैजान्छ ? अशिस दिनु त धेरै परको कुरा ! यसपाली त म बोल्ने भगवानको मा जान्छु , जसले मैले दिएको लड्डु पनि मेरै आँखा सामु खान्छ ; मैले दिएको लताकपडा पनि लगाउछ र मलाइ धेरै आशिष पनि दिन्छ ! "

                         " दिमाक त ठिक छ तिम्रो छोरी ? यो बोल्ने भगवानको मन्दिर कहाँ छ ? " आश्चर्य हुँदै प्रश्न गर्नु भयो आमाले !

                                                       " मनको आँखा खोलेर हेर्नुस आमा बोल्ने भगवानको धेरै धेरै मन्दिर भेट्नुहुनेछ र त्यस भगवानको दिल शोभा जस्तै महान भक्त बनेर पुन्य कमाउन सक्नुहुनेछ ! "

                               आमा त्यही शब्दमा गएर रोकिन् " बोल्ने भगवान ? "


सजना गुरुङ " प्रयत्न "

No comments:

Post a Comment