Saturday, January 5, 2013

गुलाबसरी हाँस्छु म त काँडाको त्यो बोटमा पनि !

सबल बन्दै बाँच्छु म त आँशु झार्ने चोटमा पनि !
गुलाबसरी हाँस्छु म त काँडाको त्यो बोटमा पनि !

फूल्छ फल्छ जिन्दगानी सकारात्मक हुन सके
आफैलाई जाँच्छु म त देखाएको खोटमा पनि !



थोपा थोपा पानीले नै समुन्द्र त्यो बन्छ भनी
धेरै स्वप्न साँच्छु म त एक् रुपियाँ नोटमा पनि !

बहुमुल्य लुगा किन ? योग्या आफू भए देखि
जित्ने आशमा नाँच्छु म त थोत्रो यही कोटमा पनि !

No comments:

Post a Comment