Tuesday, January 15, 2013

तीन मुक्तक

१,

जिन्दगीमा आशिष भर्छन् मधुर ती बातहरु
कर्म गर्न सधै अगि सर्छन् परिश्रमी हातहरु
सन्त्रास बीच पनि बाँच्ने इच्छा प्रबल बन्छ
जीवनमा वर्षी दिंदा प्रेरणा र स्नेहका खातहरु !

२ ,

सबै मनको रहर बाँच्छ मेलमिलापले नै
गाउँ बजार शहर बाँच्छ मेलमिलापले नै
क्रोध, डाह इर्श्याले त खति मात्र हुन्छ है
आफ्नो पनको ठहर बाँच्छ मेलमिलापले नै !

३,

शंका होइन चोखो सम्बन्धको डर मा बाँचौ हामी
हर परिस्थितिमा साथ निभाउने कर मा बाँचौ हामी
कहिले आँशु बाँड्दै कहिले खुशी बाँड्दै जिन्दगीमा
यसै गरी सधैभरी एकअर्काको भर मा बाँचौ हामी !


सजना गुरुङ " प्रयत्न "

दुनियाँको कुरा नसुन्नु है तिमी !

कोट हेर्ने दुनियाँको कुरा नसुन्नु है तिमी !
नोट हेर्ने दुनियाँको कुरा नसुन्नु है तिमी !

सत्कर्मले फेर्नु पर्छ सब्को गलत् सोंचलाई
खोट हेर्ने दुनियाँको कुरा नसुन्नु है तिमी !

आँट गरे हिड्न सक्छौ एक्लै पनि काँडेपथ
चोट हेर्ने दुनियाँको कुरा नसुन्नु है तिमी !

अलोचना सुन्दै बुझ्दै दृढ बनि अगि बढ्नु
बोट हेर्ने दुनियाँको कुरा नसुन्नु है तिमी !

सजना गुरुङ " प्रयत्न "

Sunday, January 6, 2013

नारी हुनु मै गर्व गरौँ !

विदेशमा भएपनि यसपालीको तीज नेपाली दिदीबहिनीहरु मिलि हाँसीखुशीका साथ् दुखसुख साट्दै मनाइयो | नेपाली दाजुभाइहरु द्वारा इजरायलको तेलाविव शहर स्थित चिल्ड्रेन पार्कमा आयोजना गरिएको तीज महोत्सव कार्यक्रममा रात दिन कामकाजबाट विरक्तिएका हामी नेपाली चेलीबेटीहरु मनको धोको पुग्ने गरी नाच्यौ , गायौ र सम्पूर्ण दिदीबहिनी मिलि कार्यक्रम समापन गरी आ-आफ्नो बासस्थान फर्कियौ | सुत्ने तरखर हुँदै थियो संगै बस्ने ३ जना दिदीहरु अचानक डाँको छोडेर रुन थाल्नु भयो , दिदीहरु रोएको देख्दा मलाइ पनि कता कता दुखे जस्तो आभास भयो |

Saturday, January 5, 2013

गुलाबसरी हाँस्छु म त काँडाको त्यो बोटमा पनि !

सबल बन्दै बाँच्छु म त आँशु झार्ने चोटमा पनि !
गुलाबसरी हाँस्छु म त काँडाको त्यो बोटमा पनि !

फूल्छ फल्छ जिन्दगानी सकारात्मक हुन सके
आफैलाई जाँच्छु म त देखाएको खोटमा पनि !

अस्तित्वहीन मेरा इच्छाहरु.....

मेरो रहर
बेहुली बनी,
सुन्दर संसार सृजना गर्ने चाह गर्छ ,
मेरो इच्छा
जीवनसाथीको हात समाई
कहिले नछुट्ने साथ्
अनि अजम्बरी मायाको चाह गर्छ ,

Monday, December 31, 2012

बोल्ने भगवान !

                                " छोरी ! छोरी ! ! " आमाको सम्बोधनले बिहानी भएको बोध गरायो मलाइ !

                   " हे सुत्न दिनुस् न ; मिठो निन्द्रा बिथोलिदिनु हुन्छ सधै ! " सिरकले अनुहार छोप्दै जवाफ दिए !

प्रेरणाको बात बनी आयौ तिमी !

अँधेरीमा पुर्णिमाको रात बनी आयौ तिमी !
उत्साह भर्दै प्रेरणाको बात बनी आयौ तिमी !

झरीसके जस्तो लाग्थ्यो बैसारुपी फूल पनि
तनमनलाई ब्यूँझाउने मात बनी आयौ तिमी !