Wednesday, October 30, 2013

मोती

साँघुरो सोंचले
मेरो महत्व बुझ्न सक्दैन ,
हो ; यो त सत्य हो
गरीब मनले
मेरो मुल्य चिन्न सक्दैन ,
हर कोहीसंग
मलाइ सम्हाल्ने
र
मेरो सुरक्षा गर्न सक्ने
ज्ञान , समझ र निपुणता हुनै सक्दैन
किनकि म
मोती हुँ ;
मोती !!!


सजना तमु

Tuesday, October 8, 2013

गजल

पिरतीको यो बगैचामा, संगै फूलौ झरौ भन्दा !
नाता तोडी अन्तै लाग्यौ संगै यात्रा गरौ भन्दा !

आशा रोपी मेरो मन्मा योग्य छैनौ भनी छाड्यौ  !
एक-अर्काको हात थामी जीवन नदी तरौ भन्दा !

Tuesday, January 29, 2013

बलात्कार गर्नु नयाँ कुरा हो र ?

बलात्कार गर्नु नयाँ कुरा हो र ?
झुन्डिएर मर्नु नयाँ कुरा हो र ?

सरकारी शोषक बाट सधै जनता
अन्यायमा पर्नु नयाँ कुरा हो र ?

Sunday, January 27, 2013

अँधेरीमा रोशनी छर्नेहरु !

महान बन्छन् आफै बली अँधेरीमा रोशनी छर्नेहरु !
सफल हुन्छन् लगनशीलभै सधै यहाँ प्रयास गर्नेहरु !

अभाव होस् या समस्यामा हिम्मत गर्दै अगि बढ्छन्
......जिन्दगीको अर्थ बुझ्दै आफ्नै हातले रंग भर्नेहरू !

सुमार्ग याँ देखाउदै एकै साथ कयौ जन्म लिन्छन्
सजीव तन्को ढुकढुकी भै लाखौ मन्मा वास सर्नेहरु !

मृत्यु कहाँ अन्त्य हो र परिचित हुन: सके जगमा
बाँची रन्छन् युगौसम्मा असल कर्म गरी मर्नेहरु !




सजना गुरुङ " प्रयत्न "

Wednesday, January 16, 2013

खरानी


यस धर्तीमा जन्म लिई
आफैलाई परजीवी बनाई
विलासितामा रम्नु भन्दा
आलस्यताको सम्राट बनी
अवसरहरु गुमाउनु भन्दा
नकारात्मक सोंच्दै
आफैले आफैलाई पछाडितिर धकेल्नु भन्दा
सारा डर , कायरपन
... सारा अहंकार ,
सारा क्रोध त्यागी
जीवन र जगतको
अर्थ खोजौ
परिचय खोजौ
सत्कर्म र सद्गुणले
सबको मानसपटलमा
दिव्य दृष्टान्त बनी
प्रेरणा र उत्साहको
सबलाई समेट्ने बाटो कोरौ
यो हाम्रो घर भत्किएर खरानी बन्नु पुर्व
यो हाम्रो जीवन सिद्दिएर खरानी बन्नु पुर्व !


सजना गुरुङ " प्रयत्न "

Tuesday, January 15, 2013

मुक्तकहरु

१,

जीवनरुपी वृक्षमा चेतनाको फल फलाउन सक्छौ
हिम्मत गर सुकेको बोटमै तिमी पलाउन सक्छौ
तत्पर हुनु आफै नै हर परिस्थितिको सामना गर्न
आत्माबलले जाँची हेर वैरी समय ढलाउन सक्छौ !

२,

अब देखि तिम्रो मेरो बस्ने छत एउटै भयो
फरक सोंच भए पनि दिने मत एउटै भयो
नजिकटाढा जे भएनि ढुक्क छु तिम्रै साथमा
लक्ष्य एकै,गन्तव्य एकै हिड्ने पथ एउटै भयो !


सजना गुरुङ " प्रयत्न "

केही मुक्तक

१ ,

आफ्नो बर्बादी आफै कोर्छन् रुपहेरी मर्नेहरु
जानी जानी भुल दोहोर्याई ओराली झर्नेहरु
मनको सुन्दरतालाई चिन्न सिक समय हुँदै
चोखो माया लत्याएर अन्तै बसाईं सर्नेहरु !!

२,

अन्याय धेरै नगर है सबको सामु थुक्नु पर्ला
जिन्दगीको भिग माग्दै यै खुट्टामा झुक्नु पर्ला
अत्याचार अति हुँदा ढुंगा बोल्छ , मुडा बोल्छ
अवला सम्झी नहेप है जिउँदै नर्ग पुग्नु पर्ला !

३ ,

त्योआँखाको पानी चिन्छु नदुख भो मेरो सामु
    माया गर्छु भन्दै फेरी नभुक भो मेरो सामु
टुक्रा टुक्रा पारी छोड्यौ हिजो तिम्ले यही मन
मौका देउ जोड्छु भन्दै नझुक भो मेरो सामु !


सजना गुरुङ " प्रयत्न "

तीन मुक्तक

१,

जिन्दगीमा आशिष भर्छन् मधुर ती बातहरु
कर्म गर्न सधै अगि सर्छन् परिश्रमी हातहरु
सन्त्रास बीच पनि बाँच्ने इच्छा प्रबल बन्छ
जीवनमा वर्षी दिंदा प्रेरणा र स्नेहका खातहरु !

२ ,

सबै मनको रहर बाँच्छ मेलमिलापले नै
गाउँ बजार शहर बाँच्छ मेलमिलापले नै
क्रोध, डाह इर्श्याले त खति मात्र हुन्छ है
आफ्नो पनको ठहर बाँच्छ मेलमिलापले नै !

३,

शंका होइन चोखो सम्बन्धको डर मा बाँचौ हामी
हर परिस्थितिमा साथ निभाउने कर मा बाँचौ हामी
कहिले आँशु बाँड्दै कहिले खुशी बाँड्दै जिन्दगीमा
यसै गरी सधैभरी एकअर्काको भर मा बाँचौ हामी !


सजना गुरुङ " प्रयत्न "

दुनियाँको कुरा नसुन्नु है तिमी !

कोट हेर्ने दुनियाँको कुरा नसुन्नु है तिमी !
नोट हेर्ने दुनियाँको कुरा नसुन्नु है तिमी !

सत्कर्मले फेर्नु पर्छ सब्को गलत् सोंचलाई
खोट हेर्ने दुनियाँको कुरा नसुन्नु है तिमी !

आँट गरे हिड्न सक्छौ एक्लै पनि काँडेपथ
चोट हेर्ने दुनियाँको कुरा नसुन्नु है तिमी !

अलोचना सुन्दै बुझ्दै दृढ बनि अगि बढ्नु
बोट हेर्ने दुनियाँको कुरा नसुन्नु है तिमी !

सजना गुरुङ " प्रयत्न "

Sunday, January 6, 2013

नारी हुनु मै गर्व गरौँ !

विदेशमा भएपनि यसपालीको तीज नेपाली दिदीबहिनीहरु मिलि हाँसीखुशीका साथ् दुखसुख साट्दै मनाइयो | नेपाली दाजुभाइहरु द्वारा इजरायलको तेलाविव शहर स्थित चिल्ड्रेन पार्कमा आयोजना गरिएको तीज महोत्सव कार्यक्रममा रात दिन कामकाजबाट विरक्तिएका हामी नेपाली चेलीबेटीहरु मनको धोको पुग्ने गरी नाच्यौ , गायौ र सम्पूर्ण दिदीबहिनी मिलि कार्यक्रम समापन गरी आ-आफ्नो बासस्थान फर्कियौ | सुत्ने तरखर हुँदै थियो संगै बस्ने ३ जना दिदीहरु अचानक डाँको छोडेर रुन थाल्नु भयो , दिदीहरु रोएको देख्दा मलाइ पनि कता कता दुखे जस्तो आभास भयो |

Saturday, January 5, 2013

गुलाबसरी हाँस्छु म त काँडाको त्यो बोटमा पनि !

सबल बन्दै बाँच्छु म त आँशु झार्ने चोटमा पनि !
गुलाबसरी हाँस्छु म त काँडाको त्यो बोटमा पनि !

फूल्छ फल्छ जिन्दगानी सकारात्मक हुन सके
आफैलाई जाँच्छु म त देखाएको खोटमा पनि !

अस्तित्वहीन मेरा इच्छाहरु.....

मेरो रहर
बेहुली बनी,
सुन्दर संसार सृजना गर्ने चाह गर्छ ,
मेरो इच्छा
जीवनसाथीको हात समाई
कहिले नछुट्ने साथ्
अनि अजम्बरी मायाको चाह गर्छ ,

Monday, December 31, 2012

बोल्ने भगवान !

                                " छोरी ! छोरी ! ! " आमाको सम्बोधनले बिहानी भएको बोध गरायो मलाइ !

                   " हे सुत्न दिनुस् न ; मिठो निन्द्रा बिथोलिदिनु हुन्छ सधै ! " सिरकले अनुहार छोप्दै जवाफ दिए !

प्रेरणाको बात बनी आयौ तिमी !

अँधेरीमा पुर्णिमाको रात बनी आयौ तिमी !
उत्साह भर्दै प्रेरणाको बात बनी आयौ तिमी !

झरीसके जस्तो लाग्थ्यो बैसारुपी फूल पनि
तनमनलाई ब्यूँझाउने मात बनी आयौ तिमी !

Monday, November 26, 2012

बेहुली तिम्रै , नजिक अब , डाक्ने पो किन हो ?
सुन्दरी छु म , घुम्टोले मुहार , ढाक्ने पो किन हो ?

समझ भए , जिंदगी बाँच्न , हुनेछ सजिलो
लालची बनि , अमिर लोग्ने , ताक्ने पो किन हो ?

अनैतिक सम्बन्ध ..!


कहिले लाग्छ तिम्रो र मेरो माया बराबर ,
 एकअर्कालाई पाउने चाहत बराबर....,
उस्तै हाँसो , उस्तै आफ्नोपन
बाहिरी संसारको आँगन मा
उही बिश्बास , उही मन
उही वाचा अनि उस्तै उस्तै छन् प्रयासहरु ...!

म भित्रको श्वासनी मान्छे !


मलाई अवगतै भएन ,
किन ,कसरी,कुन सोचाइले
मैले तिमीलाई बहिस्कार गरे ?
मलाई बोधै भएन
कतिबेला म भित्रको निर्दयी श्वासनी मान्छेले
तिमीलाई पराइ सम्झिदिएछ !

युवा ! हामी ,


कोही बाध्यतामा प्रदेशियौ,कोही सुखबिलासको मोहमा ।
कुँदी हेरेउ मुर्तिका अनेक  रुप  भेटिंदो  रहेछ  लोहमा ।
युवा ! सोंची हेरौ नेपाली भै देशका कर्णधार हामी नै ।
युवा ! देशको छानो भत्किंदा छाउने सन्तान हामी नै ।

स्वप्नील संसारमा ...,



जब म तिमीलाई सपनीमा देख्छु ,
अतितका कन्दराहरुमा लुकामारी खेल्न पुग्छु ,
बिगतका केही क्षण र केही पलका
सम्झनाहरु मेटाउन नसक्दा ,

आमा ! ( चिट्ठी )


                                                आमा ! आज , चिट्ठी लेखाइको सुरुवात्को औपचारिकता बिनानै हजुरलाई सार्वजनिक रुपमा बिदेशिएको पाँच बर्ष पछी पहिलो पत्र कोर्न गैरहेकी छु । आमा ! आफ्नो प्यारो घर आँगन र देशको याद त यहाँ आएदेखिनै आइरह्यो तर ती सारा सम्झनाहरुलाई सक्दो मनको दराजभित्र बन्द गरेर भोटे ताल्चा लगाएर राँखे किनकी म मैले बिदेशमा भोग्नु परेका दु:खहरु सुनाएर मेरा आफ्ना र कसैलाई पनि रुवाउन चहान्नथे तर आज हजुरको न्यानो , ममतामयी वात्सल्यामा टाउको राखेर धेरै रुन मन लागिरहेछ , यहाँ सम्मकी  लामो समयसम्मा आमाको दुध पिउन नपाएको नाबालक जसरी निरन्तर डाँको छाडेर रुन मन लागिरहेछ । मन खोलेर भन्न मन लागिरहेछ , आमा ! बिन्ती यो बिदेसिएकी छोरीलाई  हजुरको  त्यो काखमा एक रात , एक निन्द्रा कल्पनामै भएपनी मलाई यो पाँच बर्ष सम्मा लाचार भै यो बिदेशमा सहनुपरेका सारा दु:ख , तिरस्कार र अपमानहरुलाई बिर्सिएर आत्मासम्मान र आत्मासन्तुस्टिका साथ निदाउनदेउ !आफ्नो देशमा र आफ्नको माझमा नहुँदा कति एक्लो र अपहेलित भैइदो रहेछ ?यी मेरा मनका सारा अनुभुतिहरुलाई आँसुको रुपमा यीमेरा विवस नायनबाट आज बगाउनदेउ !
                                                 आमा ! विदेस , यहाँ त मान्छेका मनहरु लाग्छ ढुङ्गा नै हो कहिले त लाग्छ चोट दिने र रेट्ने तरवारको धार नै हो ,त्यो हाम्रो पारिवारिक गरीबी र आर्थिक अभावको सीमाहरु मेट्न म निरन्तर यो धार द्वारा रेटिंरहेँ । दिनरात नभनी , भोग प्यास नभनी काम गरिरहे आजसम्मा तर यो कस्तो दुर्भाग्य त्यो हाम्रो घरको खरको छानो नयाँ फेर्ने मेरो प्राथमिक इच्छा आजसम्मा पनि इच्छानै बनेर रह्यो , गरिबीमा नै फुट्दोरहेछ क्यारे समस्याहरुको मुहान त्यसैले त एउटा आर्थिक समस्या हल नहुँदै अर्को समस्य मुल ढोकामै आएर उभिएको हुन्छ । बाल्यकालदेखी नै दुर्भाग्यको बिस्तरामा दु:खको तन्ना बिछ्याएर दैनिक अभाव र सम्स्याको सिरक ओढी आँसुरुपी सिरानीमा लाससरह पल्टिएको देहमा आशाहरु भरी श्वास प्रश्वास लाई निरन्तरता दीइरहे । धेरै सहास र हिम्मत जुटाएर जिन्दगीमा अगाडि बढीरहें । आमा ! सबै बिद्द्वानहरु भन्ने गर्छन् , माया , प्रेम , आफ्नोपन जस्ता अन्मोल भावहरुको सम्बन्ध केवल मनसँग हुन्छ भौतिक शरीरसँग होइन तर आज यी सुन्दर वाक्यको बिपरित गएर मलाई भन्न मन लागिरहेछ शरीरबिनको मनसँग एकोहोरो वार्ता गर्नुकै के अर्थ हुन्छर ? जबकी हामी त्यो देहबिनाको मनबाट कुनै प्रतिकृया र प्रतिउत्तर पाउन सक्दैनौ । यो बिदेशी भुमिमा आज म आँफैलाई अती एक्लो आभास गरिरहेछु । आमा ! सम्भव भैदियेको भये आज म हजुरको भौतिक शरीरलाई स्पर्स गर्न चाहन्छु । हजुरको अँगालोमा बाँधिएर मनका सारा पिडाहरु पोख्न चाहन्छु । तर मलाई थाह छ यो सम्भव छैन किनकी हामी एकर्कादेखी भौतिक रुप्मा धेरै टाढा छौ । यो बिदेशमा पटक पटक अपमानित भएर , आफ्नो आत्मासम्मानमा ठेस पुर्याएर , स्वाभिमानको बली चढायेर अब मलाई यहाँ बस्ने कत्ती मन छैन त्यसैले यहाँ आउनुपुर्व मैले देखेका सारा सपनाहरु र सारा योजनाहरुलाई एक कुनामा थन्क्याएरा घर फर्कने निर्णय गरें । आफ्नै देशमा परिस्रम् गरी स्वाभिमानी र सम्मानित जीवन जिउने निर्णय गरें । आमा ! मलाई अशिस दिनुहोस ता कि म मेरो पसिना र परिस्रमले सफलताको शिखर चुम्ना सकुँ । मेरै देशमा केही गरी सबैलाई देखाउन सकुँ !!



                                                                                                                       हजुरकी छोरी
                                                                                                                         सजना गुरुङ